पशुपति शर्माको ‘दुइटा हात्ती’ सार्वजनिक(भिडियो)

लोकप्रिय गायक पशुपति शर्माले नयाँ गीत सार्वजनिक गरेका छन् । ‘दुइटा हात्ती’ बोलको लोकदोहोरी गीत युट्युबमा सार्वजनिक गरिएको हो । गीतमा गायक शर्मालाई सिता केसी र ज्योति लोहनीले स्वरमा साथ दिएका छन् ।

सार्वजनिक गीतमा गायक शर्माकै शब्द तथा सङ्गीत रहेको छ । गीतको भिडियोमा गायक शर्मा, गायिका केसी र लोहनी नै फिचर्ड छन् । भने उनीहरूलाई दुइटा कोरस समूहले साथ दिएको छ ।

दुर्गा पौडेलले निर्देशन गरेको गीत को भिडियोलाई पौडेलले नै खिचेका हुन् । गीत नेपाली लोक बाजागाजाले सजिएको छ । निकै रमाइलो माहौलमा निर्माण गरिएको भिडियो मनोरञ्जनात्मक छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया