राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका निवर्तमान अध्यक्ष, लोकप्रिय गायक बद्री पंगेनीलाई पितृशोक परेको छ । लामो समयदेखी दम रोग बाट पिडीत पंगेनीका बुवा बोजराज पंगेनीको ७० बर्षको उमेरमा उपचारको क्रममा काठमाडौंको ग्रिनसिटी अस्पतालमा निधन भएको लोककलाकार दुर्गा पंगेनीले जानकारी दिनुभयो ।
केहि दिन अगाडि अस्पतालमा उपचार गराई घर पाल्पा लैजाने क्रममा ट्याक्सीमै बेहोस भएपछि पुन अस्पताल ल्याईएको र अस्पतालमै आज निधन भएको होे । दाहसंस्कारका लागि पंगेनीको शव पाल्पाको रामपुरनै लागिएकोछ ।
लोकदोहोरी प्रतिष्ठानका बर्तमान अध्यक्ष रमेश बिजिले पनि दुख व्यक्त गर्दै श्रद्दान्जली व्यक्त गर्नुभएको छ । उहाँको दुई छोरा र एक छोरी हुनुहन्छ ।
स्वर्गिय बोजराज पंगेनीको आत्माको चिर शान्तिको कामना गर्दै हार्दिक श्रद्दान्जली अर्पण गर्दछौं । साथै भगवानले शोक संतप्त परिवार प्रति धैर्य धारण गर्ने शक्ति प्रदान गरुन ।



लोकगायक बद्री पंगेनीलाई पितृशोक
फेसबुकबाट तपाइको प्रतिक्रिया