बिनोद भण्डारी र दिव्यानीको अभिनय रहेको ‘जाने बेलैमा’ बजारमा (भिडियोसहित)

 लोक तथा दोहोरी गायक लक्ष्मण सुनार र शान्ती श्री परियारको आवाजमा रहेको ‘जाने बेलैमा’ बजारमा आएको छ । नन्दु परियारको शब्द तथा लय रहेको गीत केहि समय अगाडिमात्रै भिडियोसहित सार्वजनिक भएको हो ।

जाने बेला भैसक्यो मेरो

नपारन पियारी अफ्ठेरो

जाने बेलैमा, तिमी रुदै मेलैमा, म रुदै रेलैमा

गीतमा समेटिएका यस्ता शब्दले लाहुरेको वास्तविक कथालाई प्रस्ट्याएको छ । घरको आर्थिक अवस्था कमजोर भएकै कारण मन नभएरपनि घरपरिवारदेखि टाढा रहनुपर्ने बाध्यतालाई कलाकार बिनोद भण्डारी र दिव्यानी ओलीले अभिनयमार्फत उतारेका छन् ।

गायक, मोडल तथा निर्देशकका रुपमा आफुलाई स्थापित गराउन सफल भण्डारी पछिल्लो समयम निकै रुचाईएको कलाकारमा पर्नुहुन्छ । उहाँका निर्देशनमा बजारमा आएका सबै गीतलाई दर्शकश्रोताले अत्यधिक मन पराएका छन् ।

यो गीतको भिडियोलाई भने गीतकार परियारले निर्देशन गर्नुभएको हो । बिनोद बाजुरालीको संगीत संयोज रहेको उक्त गीतलाई पृथ्वी ईन्टरटेन्मेन्टको अफिसियल युट्युवमार्फम सार्वजनिक गरिएको हो ।

फेसबुकबाट तपाइको प्रतिक्रिया