लोकदोहोरीदेखि नेपाली चलचित्र र आधुनिक गीतमा कलम चलाएर सबैको मनमा बस्न सफल सर्जक भण्डारीको शब्द संगीतमा ‘ऐना हेरी हेरी’बोलको गीत बजामा आएको छ । गीतमा लोकप्रिय गायक विमलराज क्षेत्री र लोकप्रिय गायिका विष्णु माझीको आवाज रहेको छ ।
गीतकार एकनारायण र गायक विमलराजले केही गीतमा सहकार्य गरेका छन्। जसमध्येको हिट गीत हो, ‘सुुपारी चाम्रो’ । त्यस्तै गतवर्ष यी दुईको सहकार्यमा ‘बुट्टे रुमाल’ बजारमा आएको थियो। जुन गीतलाई पनि स्रोतारदर्शकले रुचाएका थिए।
सार्वजनिक ‘ऐना हेरी हेरी’गीत पनि श्रोता तथा दर्शकको मुखमा झुन्डिने खालको छ। गीतले श्रोता तथा दर्शक मन जित्ने अपेक्षा गर्न सकिन्छ। किनकी गीतको अडियोअनुसार भिडियो पनि बलियो देखिन्छ।
शान थापाको निर्देशन, राजिव समरको कोरियोग्राफी रहेको भिडियोमा कबिता नेपाली र बिजु पार्कीले अभिनय गरेका छन्। भिडियोलाई अर्जुन तिवारीको टिमले छायांकन गरेको हो। गीत एकनारायणकै युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।
गीतले सबैको मन जित्न सफल रहोस हाम्रो शुभकामना ।



‘बुट्टे रुमाल’ पछि एकनारायण र बिमलको अर्को सहकार्य ‘ऐना हेरी हेरी’ बजारमा (भिडियोसहित)
फेसबुकबाट तपाइको प्रतिक्रिया