भ्यालेन्टाइन डेको अवसर पारेर चलचित्र फागुन २ बाट रिलिज हुने चलचित्र ‘लभ डायरिज’को नयाँ गीत रिलिज भएको छ ।
सोमवार राजधानीमा एक कार्यक्रम आयोजना गरी ‘छम छम’ बोलको गीत सार्वजनिक गरिएको हो । दुर्गा खरेल, सुरेश लामा र कमला घिमिरेको आवाजमा रहेको ‘छम छम’ बोलको गीतमा सुशील श्रेष्ठको साथमा टिकटक हुँदै म्युजिक भिडियो र विज्ञापनमा सफल हुँदै आएका प्रिन्सी खतिवडा र प्रिज्मा खतिवडा देखिएका छन् ।
गीतले प्रेमको भाव बोकेको छ भने गीतको भिडियो सुन्दर बनेको छ । गीतमा बाल गायिका कमलालाई दोहोरी गायिकाको रूपमा प्रस्तुत गरिएको छ । सौरभ चौधरीले निर्देशन गरेको चलचित्रमा सुशील र रुबिनाको अलावा विश्व जित रिमाल, विष्णु सापकोटा, अर्जुनजंग शाही, विशाल पहारी लगायतका कलाकारहरूको अभिनय रहेको छ । सौरभ चौधरीको निर्देशन रहेको चलचित्रमा शाहील खान सह-निर्देशकको रूपमा रहेका छन् ।
विनोद सापकोटा निर्माताको रूपमा रहेको चलचित्रमा सरोज तुलाधर सह-निर्माताको रूपमा रहेका छन् ।



सुशीलको ‘लभ डायरिज’’मा कमलाको दोहोरी(भिडियो)
फेसबुकबाट तपाइको प्रतिक्रिया