मोहनको चिसो मैना पुसैकोमा ओबी र आयुष्माको जिवन्त अभिनय, बिनोदको निर्देशनको चर्चा (भिडियोसहित)

पछिल्लो समयमा नेपाली लोक सांगेतिक क्षेत्रमा एकपछि अर्का गीतहरु आउनेक्रम बढ्दो छ । बिशेष गरेर माया प्रेम र बिछोडका गीतहरु बढि आउने गरेका छन् कारण यस्ता गीतलाई दर्शकश्रोताले अत्यधिक रुचाउछन् ।

यसैक्रममा लोक तथा दोहोरी गायक मोहन खड्काको नयाँ गीत ‘चिसो महिना पुषै’को भर्खरैमात्र बजारमा सार्वजनिक भएको छ । गायक खड्का र तुलसी घर्तीमगरको आवाजमा रहेको उक्त गीतमा नेत्र अर्यालको शब्द तथा स्वयं गायक खड्काको लय रहेको छ ।

बिनोद भण्डारीको ‘कन्सेप्ट’ तथा निर्देशनमा तयार पारिएको गीतमा आफ्नो प्रिय मान्छे जिवनसाथी जस्लाई प्राणभन्दा बढि माया गरिन्छ त्यहि मान्छे बिरामी, अशक्त भएपछिको पिडा र ब्यथालाई कलाकार ओवि रायमाझी र आयुष्मा कार्कीले जिवन्त अभिनयमार्फत उतारेका छन् ।

भण्डारीले गीतलाई एउटा यथार्थपरकरुपमा प्रस्तुत गर्नुभएको छ । पछिल्लो समयमा भण्डारी निर्देशनमा ब्यस्त र अब्बलका रुपमा देखिनुभएको छ । उहाँ निर्देशनसंगै गायन तथा अभिनयमापनि सफल मानिनुहुन्छ । गीतमा रहेका यी शब्दले आफ्नो मनभित्रको मान्छेको पिडामा उस्लाईभन्दा आफुलाई बढि दुखेको यथार्थ कथा दर्शाएको छ ।

भन जोतिष हेरेर ह्त्केला, मायाको पुल बन्ला कि भत्केला
चिसो महिना पुषैको, आफ्नो पिर लाउदैन पिर छ उसैको ।

दिलको मालिक मायाको गुरु हौ, तिमी अन्तिम तिमीनै शुरु हौ
चिसो महिना पुषैको, आफ्नो पिर लाउदैन पिर छ उसैको ।

गीत बजारमा आउनुभन्दा अगाडिनै टिकटक लगायत सामाजिक संजालमा भाईरल भैसकेको छ । यहि कारणपनि यसगीतलाई अत्यधिक पखाईको गीतका रुपमापनि लिन सकिन्छ ।

गीत गायक खड्काकै अफिसियल युट्युवमार्फत सार्वजनिक गरिएको हो । गीतले दर्शकश्रोताको मन जित्न सफल रहोस हाम्रो शुभकामना ।

फेसबुकबाट तपाइको प्रतिक्रिया