महेन्द्र र सरिताको “निष्ठुरे” ले दर्शक स्रोताको मन जित्दै अहिलेसम्म कमायो यति दर्शक

लोक तथा दोहोरी गायिका सरिता कार्कि र गायक कुलेन्द्र विश्वकर्माको आवाजमा ‘निष्ठुरे’ बजारमा आएको छ । शुक्रबार साँझमात्रै सार्वजनिक गरिएको उक्त गीतमा शिव हमालको शब्द र लय रहेको छ ।

लाउछ माया नलाउने हैननीको अपार सफलतापछि सोहि टिमको गीत ‘निष्ठुरे’मा महेन्द्र गौतम र करिश्मा ढकालको अभिनय तथा नृत्य देख्न सकिन्छ । आफुले माया गरेको मायालाई प्रेमको आभास गराएको मिठो भावलाई गीतमा समेटिएको छ ।

‘भन्दाभन्दै तिमी र तपाई, दिल बसेछ सुटुक्कै चाल नपाई ! चखेवाको जोडीझै होलानी कालले कुरे, भाग्यमा जुरे कति माया गरेछु मैले किन कुरा बुझ्दिनौ निष्ठुरे’ गीतमा यस्ता शब्द रहेका छन् ।

गीतलाई प्रकाश भट्टले निर्देशन गरेका छन् । गीत स्वयं गायिका कार्की अफिसियल युठ्युवमार्फत सार्वजनिक गरिएको हो । गीतले दर्शक स्रोताको मन जितेको छ । यो समाचार तयार पार्दासम्म ३० हजार बढी दर्शकले हेरेका छन् । गीतलाई राम्रो प्रतिक्रिया पनि आईरहेको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया