बिष्णु खत्रीको नयाँ गीत ‘झरनाको पानी’ चर्चामा, अहिलेसम्म कमायो यति दर्शक (भिडियोसहित)

लोक तथा दोहोरी गायक विष्णु खत्रीको नयाँ गीत ‘झरनाको पानी’ बजारमा आएको छ । आफनै युट्युव च्यानलमार्फत उक्त गीत उनले रिलिज गरेको केहि घण्टामै आम श्रोता दर्शकको उल्लेख्य माया पाएको छ । यो गीतले समचार तयार पार्दा सम्म करिब ४० हजार दर्शक पाएको छ ।

गायक खत्रीले बजारमा ल्याएका सबैजसो गीतमा आफ्नै शव्द र लय सिर्जना रहने गर्छ । यस गीतमा पनि यसको निरन्तरता रहेको छ ।

गीतमा बहुचर्चित लोक तथा दोहोरी गायक विष्णु खत्री र मिना लामाको सुमधुर आवाज छ । माया प्रेमको कथावस्तु समेटेर तयार पारिएको गीतको शव्द पनि निकै मर्मस्पर्शी छ ।

चर्चित निर्देशक शिव विकको निर्देशन रहेको गीतको म्युजिक भिडियोमा मोडल आयुष रिजाल र अनु शाहको दम्दार अभिनय छ । यस म्युजिक भिडियो गायक खत्रीले शुक्रबार आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गरेका थिए ।

फेसबुकबाट तपाइको प्रतिक्रिया