पछिल्लो समयमा लुट्न सके लुट कान्छ बोलको गित मार्फत् चर्चाको शिखरमा पुगेका लोकगायक पशुपति शर्माको आज जन्मदिन परेको छ ।
स्याङ्जा स्थायी घर भएका शर्माले काठमाडौलाई कर्मथलो बनाई दुई दशक भन्दा बढी समयदेखि गायन क्षेत्रमा क्रियाशिल छन् । सयौँ गितका गायक तथा श्रष्टा पशुपति शर्माका दर्जनौ गित अत्यन्त लोकप्रिय छन् ।
२०४० साल कार्तिक १४ गते स्याङजाको पुतली बजारमा जन्मिएका पशुपति शर्माको स्कुल तहको पढाई स्याङ्जाको पुतली बजारमै बिताएका हुन् । परिवारमा ३ दिदी तथा १ दाजुका कान्छा भाइ पशुपतिलाई उनका बुवाले चिकित्सक बनाउने सपना देखेका थिए । उनका बाबुको छोरालाई डाक्टर साब भनेर सम्बोधन गर्ने सपना कुल्चेर आफ्नो सपनाको बाटोमा डोरीएका शर्मा आफैले बनाएको सम्बोधनमा आज धेरैको सपना बनेका छन् । उनको गायन, व्यस्तता र लोकप्रियता देखेर उनकै बाटोमा हिड्न चाहने अनुज पुस्ता ठुलो संख्यामा छन् ।
संभवतः अहिले सर्वाधिक मनपराइएका गायक शर्मालाई आज सामाजिक सञ्जाल मार्फत् शुभकामना दिनेहरुको पनि ओईरो लागेको छ । हरेक इष्टमित्र, सुवेच्छुकप्रति एक एक गरेर धन्यवाद फर्काउन नसकेपछि उनले आज विहान सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखेर एकमुष्ट धन्यवाद व्यक्त गरेका छन् ।
उनले लेखेका छन्, आज मेरो जन्मदिन, मेरा भगवान रुपी बाबा आमा प्रति आभारी छु, मेरा साथी भाई ईष्टमित्र र सबै मेरा दर्शक स्रोता प्रति झनै आभारी छु, उमेर घट्दै छ, जिम्मेवारी बढ्दै छ र पनि आनन्दित छ मन । किनकी मसंग हजुरहरुको आशिर्वाद छ ।




गायक पशुपति शर्मालेआफ्नो जन्मदिनमा मन छुनेगरी यस्तो लेखे
फेसबुकबाट तपाइको प्रतिक्रिया