लोक तथा दोहोरी गायिका अमृता श्रीपालको ‘चिल गाडी’ बजारमा आएको छ । भिडियोसहित बजारमा आएको चिल गाडीमा अमृता श्रीपाल र रन्जीत परियारको आवाज रहेको छ ।
आफ्नी मायालाई छोडेर बिदेशीनु परेको यथार्थलाई यस गीतमा समेटिएको छ । कुशल बेलाबासेको शब्द संगीतमा तयार पारिएको गीतमा आशिष अविरलले वाद्यवादन एरेन्ज गरेका छन् भने उक्त गीत राग स्टुडियोमा रेकर्ड गरिएको हो भने एचबिएन किस्मतले अडियो मिक्सिंग गरेका छन् ।
चिल गाडी गीतको भिडियो मौसम हिमालीले निर्देशन गरेका हुन् भने कारण चैसिरले खिचेको उक्त भिडियो मनोज कार्कीले सम्पादन गरेका छन् ।
अमृता श्रीपाल, रन्जित परियार, निक्स शर्मा र पुजन घिमिरेको अभिनय रहेको चिल गाडी गीत अमृता श्रीपालको आफ्नै युट्युब च्यानल बाट सार्वाजानिक गरिएको छ ।



अमृता श्रीपाल र रन्जीत परियारको ‘चिल गाडी’ मा निक्स शर्माको अभिनय (भिडियो)
फेसबुकबाट तपाइको प्रतिक्रिया