लोक तथा दोहोरी क्षेत्रमा टिका पुन भन्नेबित्तिकै सुरिलो आवाजकी धनी र लाखौं दर्शक, श्रोताको मनमा बस्न सफल सदाबहार लोकप्रिय गायिका भनेर चिनिन्छ पुनले गायका हरेक गीतहरु उत्तिकै चर्चित र लोकप्रिय छन् ।
निकै मिठो आवाजकी धनि गायिका पुनलाई नचिन्ने शायदै होलान् । गायिका पुन र गायक अर्जुन सुनामको आवाजमा रहेको मौलिक झ्याउरे गीत भेरीमा बजारमा आएको छ ।

मौलिक सस्कृती बोकेको उक्त गीतमा माया माया गरेको आफ्नो मान्छेलाई गुनासो गरेको त्यो भन्दा बढि माया गरेको भावलाई समेटिएको छ । रमेश बिजीको शब्द रहेको उक्त गीतमा तिलक गन्धर्बको संगीत रहेको छ ।
‘झम्के साँझैमा, सम्झना छदैछ यो मुटु माझैमा भेरीमा, मन आत्तिन्छ सम्झिदा सोल्टीज्यु खेरीमा’ बोलको गीतले दर्शकश्रोताको मन जित्नेमा आफु बिश्वस्त भएको गायिका पुनको भनाई छ ।
यो भन्दा पहिला गायिका पुन र गायक सुनामले गाएको गीत सल्ल बगेको भेरी बोलको गीत सदाबहार चर्चित बनेको छ । सबैले रुचाएका र मन पराएका छन् । मौसम हिमालीको निर्देशनमा कारण चैसिरले छायांकन गरेका हुन् ।
गितलाई नाच र कथामा ढाल्न मौसम हिमाली अब्बल देखिएका छन् , ।मनोज कार्कीको सम्पादनमा शेखर घर्ति र निकिता पुनको छम छम अभिनय देख्न मिलेको छ।
निकिता गायिका टिका पुनको छोरी हुन् । टिका पुन र उनकी छोरी दुरुस्तै देखिएका छन् । नेपाल कल्चरल रिसर्च सेन्टरले प्रस्तुत गरेको भेरीमा गितलाई टिका पुनको अफिसियल युटुबबाट बजारमा पठाईएको हो ।
गितमा कर्णाली प्रदेशको सुर्खेतको सान भेरीनदिलाई पनि विशेष प्रथामिकता दिईएको छ । गितलाई भने हिमसम्झौता डिजिटलले पोस्ट प्रोडक्सन गरेको हो।



टिका पुनकी छोरीले खेलेको पहिलो भिडियो सार्वजनिक, आमाछोरी उस्तै (भिडियोसहित)
फेसबुकबाट तपाइको प्रतिक्रिया