श्री’ ले पायो दर्शकको अपार माया

विश्वव्यापी रुपमा फैलिएको कोभिडले व्यापारका अन्य क्षेत्र सङ्गै सिनेक्षेत्रलाई पनि ठप्प बनाएको थियो।
यद्यपि कोभिडको त्रास अहिले कम भएको र सबै क्षेत्र खुल्ला भएको भएतापनी सिनेक्षेत्र भने पुनः फस्टाउन सकेको थिएन।
सिनेमा घरहरु सबै बन्द भएको बेला फ्लिम बितरक करण श्रेष्ठले पुनः सिनेघरहरुमा दियो बाल्ने प्रयत्न गर्नुभएको छ ।
बितरक करण श्रेस्ठको जमर्कोमा चैत्र २७ गतेबाट देशभर प्रदर्शन भएको चलचित्र ‘श्री’ ले दर्शकको अपार प्रेम पाउन सफल भएको छ।
निर्देशक सुर्य बोहोराको निर्देशनमा बनेको चलचित्र ‘श्री’ मा सन्दिप क्षेत्री, वर्षा सिवाकोटी

बुद्धि तमाङ्ग लगायतका धेरै चर्चित हस्तिहरुको सुन्दर अभिनयले दर्शकलाई आकर्षित बनाएको छ।
सबिता गुरुङ्गले निर्माता गर्नुभएको ‘श्री’ रिलिज भएको आज तेस्रो दिनसम्म आईपुग्दा सम्म फ्लिम प्रती दर्शकको क्रेज उत्तिनै देखिन्छ।

फेसबुकबाट तपाइको प्रतिक्रिया