१७ वटा ‘किस सिन’पछि रातारात चर्चामा आएकी मल्लिका शेरावत

अभिनेत्री मल्लिका शेरावतको जीवन कुनै पनि फिल्मको कहानीभन्दा कम छैन । उनको जन्म सन् १९७६ सालको अक्टोबर २४ मा जाट परिवारमा भएको थियो । पिता फिल्म क्षेत्रको घोर विरोधी थिए । मल्लिकाको वास्तविक नाम रीमा लाम्बा थियो । उनले यो उद्योगमा आउनुअघि नाम परिवर्तन गरेकी थिइन् ।

मल्लिकाले बलिउडमा ‘जीना सिर्फ मेरे लिए’ बाट पाइला राखेकी थिइन् । उनको फिल्ममा निकै छोटो भूमिका थियो । करीना कपूर र तुषार कपूरको मूख्य भूमिका रहेको थियो । मल्लिकालाई वास्तविक पहिचान ‘ख्वाहिश’ फिल्मबाट भएको थियो ।

यो फिल्म सन् २००३ मा रिलीज भएको थियो । र यो फिल्ममा मल्लिकाका १७ वटा किस सिन दिएकी थिइन् । यो फिल्मको रिलीजपछि मल्लिका रातारात स्टार बनिन् । मल्लिकाको प्रसिद्धि देखेर महेश भट्टले उनलाई मर्डर फिल्म खेल्न समेत अफर गरे । उनको उक्त फिल्म पनि हिट भएको थियो ।

फेसबुकबाट तपाइको प्रतिक्रिया