‘कट्रिनासँग अनुहार मिल्ने भएर सफल भइनँ’: जरीन खान

२०१० मा फिल्म ‘वीर’मा सलमान खानसँग काम गरिसकेकी नायिका जरीन खानले बलिउडमा आफूले सोचेको सफल्ता भने पाइनन्। कट्रिना कैफसँग अनुहार केही हदमा मिल्ने भएको कारण उनको चर्चा नभएको बताइन्छ।

एक अन्तर्वार्तामा जरीनले भनिन्,‘हो, शुरूदेखि थाहा छ म कट्रिना जस्तो देखिन्छु। यसले मेरो क्यारियरलाई बिगार्‍यो।’

त्यस समय सामाजिक सञ्जाल अहिलेको जस्तो शसक्त नभएको कारण पनि चर्चा नचुलिएको उनी बताउँछिन्।

‘सामाजिक सञ्जाल अहिलेको जस्तो शक्तिशाली थिएन र त्यसमाथि हामी चलचित्र हलहरु र पत्रिकामा मात्रै सिमित रह्यौं। यस्तो अवस्थामा, मलाई लाग्छ कि जनताले मलाई हेर्ने मौका पाएनन्,’ उनले भनिन्।

जरीनले यसलाई मात्रै आफ्नो कमजोरी मान्दिनन्। आफ्नो वजनलाई पनि समस्या मान्छिन्।

‘मेरो तौलले पनि एक समस्या हो। १०० केजी पुगेपछि मैले ५० केजीसम्म घटाए। तर त्यसबेला पनि मोटाइको कारणले मेरो आलोचना भइरहन्थ्यो,’ उनले भनिन्।

फेसबुकबाट तपाइको प्रतिक्रिया