‘मुम्बई सागा’को ट्रेलर रिलिज

बलिउड अभिनेता जोन अब्राहम र इमरान हाशमीको चलचित्र ‘मुम्बई सागा’को ट्रेलर रिलिज भएको छ।

सुक्रबार रिलिज भएको चलचित्रको ट्रेलरमा जोनलाई अन्डरवर्ल्ड डनको भूमिकामा देखाइएको छ। यता चलचित्रमा इमरान पुलिस अफिसरको भूमिकामा छन्।

‘मुम्बई सागा’मा जोन र इमरानका साथै सुनिल शेट्टी, महेश मान्जरेकर, काजल अग्रवाल लगायत मुख्य भूमिकामा देखिनेछन्।

चलचित्रको लेखक र निर्देशक संजय गुप्ता हुन् भने चलचित्रको निर्माता भूषण कुमार हुन्। चलचित्र आगामी मार्च १९ मा रिलिज हुनेछ।

फेसबुकबाट तपाइको प्रतिक्रिया