मोडल दिनेश कठायत को “मीठो मुस्कान”बोलको गित सार्वजनिक

नेपाली सांगीतिक क्षेत्रमा सानो उमेरमै संगीत क्षेत्रमा केहि गरौ भन्ने हिसाब ले नेपाली सांगीतिक क्षेत्रमा प्रबेश गरेका दिनेशले दर्जनौं गितमा अभिनय गरिसकेका छन । दर्शक एबम स्रोताको मन मुटुमा बस्नकै लागि यो संगित क्षेत्रमा एक उदाहरणीय कलाकारको पहिचान बन्न सकु भन्ने उदेश्यले यस क्षेत्रमा आएको दिनेश बताउछन् ।

दिनेशले अभिनय गरेका गितहरु उत्कृष्ट हुन्छन् र चर्चा पनि उत्तिकै । केहि समयको अन्तराल पछि उनको ञमिठो मुस्कानझबोलको गित सार्वजनिक भएको हो । मनोज थापा र कृष्टिना राई स्वरमा रहेको यो गितमा संगित,शब्द र एरेन्ज दिपेन्द्र बुढा क्षेत्री र्को रहेको छ । यस्तै भिडियो तर्फबाट निर्देशन प्रितम पौडेलले गर्नुभएको छ । भिडियोमा दिनेश र रुपा बिश्वकर्माको अभिनय देख्न सकिन्छ ।

गितमा धेरै मेहेनत गरेर निर्माण गरिएको र धेरैको मन जित्न सफल हुनेमा बिश्वस्त रहेको मोडल कठायत बताउछन । गित राजेश अर्याल नामक युट्युब च्यानल बाट सार्वजनिक भएको छ । गितले अझै सफलता पाहोस सिनेदर्पण डटकमको तर्फबाट धेरै शुभकामना ।

फेसबुकबाट तपाइको प्रतिक्रिया