कलाकार संघमा पूजाको उजुरी

सञ्चारकर्मी प्रकाश सुवेदीविरुद्ध नायिका पूजा शर्माले उजुरी दिएकी छन् । केही दिन अघी पत्रकार सुबेदीले आफुविरुद्ध दिएको अभिव्यक्तिमा अपशब्द र होच्याउने शब्द प्रयोग गरेको भन्दै आलोचना उनले कलाकार सङ्घमा उजुरी दिएकी हुन् । उनले आइतबार चलचित्र कलाकार सङ्घमा पुगेर उजुरी दिएकी हुन् ।

सुबेदीले पूजालाई लक्षित गरेर शारीरिक बनावटलाई लिएर अभिव्यक्ति दिएको भनी सर्वत्र आलोचना भइरहेको छ । उनले ‘आफैँ नजान्ने अनि हामीले चाहिँ लिएको इन्टर्भ्यू काटिदिनु पर्ने ? मिलाई मिलाई महानायिका बनाइदिनु पर्ने ? त्यो पनि दाह्रा निस्किएको अनुहारलाई ?’ भन्दै आफ्नो कार्यक्रममा व्यङ्ग गरेका थिए । यसरी एउटा कलाकारलाई उसको शरीरलाई लिएर यसरी अभिव्यक्ति दिँदा समग्र कलाकारिता माथि नै प्रश्न उठेको भनी विरोध भइरहेको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया