नायिका एलिजा र दुर्गेश अभिनित ‘आधी कपाल’ बोलको गीतको भिडियो ट्रेन्डिंग नम्बर २ मा

नायिका एलिजा गौतम र दुर्गेश थापा अभिनित आधी कपाल बोलको गीतको म्युजिक भिडियो ट्रेन्डिंग नम्बर २ मा पर्न सफल भएको छ । नायिका गौतमको यो पहिलो म्युजिक भिडियो हो । चर्चित गायक अमृत सापकोटा र गायिका समिक्षा अधिकारी र आयुषा गौतमको स्वर रहेको उक्त गीतको भिडियो निकै राम्रो बनेको छ ।

गीतमा बाल गायिका आयुषा गौतम र एलिजाकी छोरी एरिका धमलाको पनि अभिनय रहेको छ । खेम सेञ्चुरीको संगीत र नेत्र अर्यालको शब्द रहेको गीतको भिडियो निर्देशन भने शिब बिकले गरेका हुन् । ज्ञानेन्द्र शर्माको छायांकन रहेको भिडियो निकै उत्कृष्ट बनेको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया