‘बेल बटम’ को छायाङ्कन युकेबाट सुरु गरिने

लामो समय कोरोना कहरले रोकिदिएको बलिउडको काम बिस्तारै सुरु हुँदै छ । कोरोनाका कारण रोकिएका चलचित्रको छायाङ्कन सामाजिक दुरी कायम गरी सुरु गर्न थालिएको छ । लकडाउन केही हदसम्म खुकुलो पारिए पनि हल खोल्ने निश्चित नभए पछि चलचित्रहरू पनि डिजिटल माध्यममा रिलिज भइरहेका छन् ।

यसै बिच कोरोनाले रोकिएको अक्षय कुमार अभिनित चलचित्र ‘बेल बटम’ को छायाङ्कन सुरु गरिने भएको छ । यसको लागी निर्माण पक्षले स्थान पनि तोकिसकेको छ । । भारतीय मिडियाका अनुसार यस चलचित्रको छायाङ्कन युकेमा हुने भएको हो । यसको लागी अभिनेता, निर्माता र निर्देशक युके जान लागेको बताइएको छ । चलचित्रको छायाङ्कन भने अर्को महिनाबाट सुरु गरिने भारतीय मिडियामा जनाइएको छ ।

रञ्जित एम तिवारीको निर्देशनमा बन्ने ‘बेलबटम’लाई ज्याकी भगनानी र वासु भगनानीले निर्माण गर्दै छन् । यसमा अक्षय कुमार, वाणी कपुर लगायतका कलाकारको अभिनय रहनेछ । अब यस चलचित्र २०२१ को अप्रिल २ मा रिलिज हुने बताइएको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया