मिस्टर आरजेको“डलर” गित चर्चामा(भिडियो सहित)

नेपाली गित संगितमा पछिल्लो समयमा ठुला लगानीका गितहरु निर्माण भईरहेका छन । ठुलो लगानीमा निर्माण भएको गित मध्य “डलर” बोलको गित पनि एक हो । यसैबिच नेपाली सांगीतीक क्षेत्रका एक स्टार मिस्टर आरजेको “डलर” गित सार्वजनिक भएको छ ।

उक्त गीतलाई ८के एभरेष्ट युटुब च्यानल बाट सार्वजनिक गरीको छ भने यो समाचार तयार पार्दा सम्म गीतलाई ३ लाख ६५ हजार १३१ पटक हेरीसकेको छ ।

गीतमा कार्टुन क्र्युका चर्चित जोडि सरोज अधिकारी र आश्मा बिश्वकर्मा, नायिका बर्षा रावत, आर्जन पाण्डेय तथा मिस्टर आर।जे। द्वारा अभिनित गीतको मोहक भिडियो को निर्देशन गम्भीर बिस्टले गरेका छन।

त्यस्तै गीतको अडियो तर्फ आर्जन पाण्डेय र बिध्या मन्जु तिवारीको स्वर, मिस्टर आरजे को सङ्गीत तथा र्याप र एरेन्ज मोहित मुनालको रहेको छ । गित युटुब ट्रेन्डिङ्ग ३१ मा  पुगेको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया