१९ अप्रीलमा यो ठाउँमा गोप्य तरिकाले विवाह गर्दैछन् मलाइका–अर्जुन

काठमाडौं। विश्व स्वास्थ्य दिवसको अवसरमा मलाइका अरोडाले आफ्नो इन्स्टाग्राममा एउटा भिडियो शेयर गरेकी छन्। उक्त भिडियोमा मलाइका आफ्नो टिमसँग फिल्म ‘दिल से’ को गति छैंय्या छैंय्यामा डान्स गरिरहेकी छन्।

उक्त भिडियो केही घण्टामा नै चार लाख भन्दा धेरे लाइक्स गरिएको छ। यो भिडियो देखेर फ्यानले रमाइलो कमेन्ट पनि गरेका छन्। एक जना समाजिक प्रयोगकर्ताले लेखेका छन्, ‘कस्तो लेडीज संगीतको तयारी चलिरहेको छ।’

अर्का एक जनाले लेखेका छन्, ‘एउटा गीत के हिट भएको थियो, सबै जना त्यही गीतमा नाच्न थाले।’ अर्का एक जनाले लेखेका छन्, ‘कसैको निजी जीवनमा हस्तक्षेप गर्ने कसैलाई पनि हक छैन।’

भारतीय संचारमाध्यमले अर्जुन कपुर र मलाइकाले विवाहकालागि मुम्बई बाहिरको लोकेशन चयन गरेका छन्। मिडियाबाट बच्न उनीहरुले मुम्बई बाहिर विवाह गर्ने योजना बनाएको बताइएको छ। यतिबेला उनीहरु आफ्नो सम्बन्धलाई लिएर नकारात्मक चर्चा नहोस भनेर लो प्रोफाइलमा बसिरहेका छन्।

स्रोतका अनुसार उनीहरुले विवाहकालागि गोवा चर्चको खोजीमा छन्। ताकि उनीहरुले शान्तिसँग विवाह गर्न सकून्। उनीहरुले अप्रील १९ मा विवाह गर्ने तयारी गरेका छन्। उनीहरुले गोप्य रुपमा विवाह गर्ने तयारी गरेका छन्। उक्त विवाहमा पारिवारिक सदस्य र नजिकका नातेदारमात्र सहभागी हुने बताइएको छ।  विवाह गरेपछि उनीहरुले त्यसको जानकारी समाजिक संजालमार्फत दिने योजना बनाएका छन्।

यद्यपी यो विवाहप्रति अर्जुनका बुवा बोनी कपुर र उनकी बहिनी खुशी छैनन्। विवाहमा सहभागी हुनकालागि करीना कपूर र करिश्मा कपुरबाहेक रणवीर सिंह, दिपीका पादुकोणलाई निम्ता पठाइएको छ। मलाइकाको यो दोस्रो विवाह हो भने अर्जुन कपुरको पहिलो विवाह हो। अर्जुन कपुर मलाइका भन्दा १२ वर्ष कान्छा हुन्।

फेसबुकबाट तपाइको प्रतिक्रिया